प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना सन्देश जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताउनुभएको छ । 

शुक्रवार रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना दिँदै उहाँले यस्तो बताउनुभएको हो । 

देउवाले यी पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us