काठमाडौं । सदरमुकाम मलंगवाबाट प्रहरीले नाइट्राभेट १० नामक लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलवार दिउँसो वडा नम्बर ८ स्थित गोरखकाली प्रहरी चौकी अगाडी चेकिङमा खटिएको प्रहरीको टोलीले हरिवन नगरपालिका ११ बस्ने वर्ष २४ को रोहित लामालाई पक्राउ गरेको हो । लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका लामालाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट २ पत्ता २७ पिस लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले बताउनुभयो ।