टानमा देखिएका नीतिगत समस्याको सुधारको योजना सहित प्रथम उपाध्यक्षमा पण्डितको उम्मेद्वारी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा युवा पर्यटन व्यवसायी प्रदिप पण्डितले उम्मेद्वारी दिएका छन । पण्डितले अध्यक्षका उम्मेद्वार निलहरी बाँस्तोलाको प्यानलवाट उम्मेद्वारी दिएका हुन् ।

अल्पाईन कैलाश ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक पण्डितले कैलाश यात्रा सञ्चालक संघको कोषाध्यक्ष रहेर समेत कार्यसम्पादन गरिसकेका छन । ‘टानको गरिमालाई अझ उच्च बनाउने, पदयात्रा क्षेत्रमा देखिएका नितिगत समस्याहरु समाधान गर्ने तथा व्यवसायीहरुको हितमा काम गर्ने मेरो मुख्य एजेण्डा हो’– प्रथम उपाध्यक्ष पदका उम्मेदवार पण्डितले भने ।

टानमा गएर पर्यटन क्षेत्र र विशेषगरी पदयात्रा पर्यटनका समस्याहरु सरकारी निकायहरुसंगको समन्वयमा समाधान गर्न पहल गर्ने उनले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us