सभापति देउवाविरुद्ध समानान्तर गतिविधि गर्ने शेखर समूहको तयारी 

काठमाडौं । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि बढ्दै गएको छ ।  सभापति देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट बन्दै आएको छ । देउवाले हरेक निर्णय आफूखुसी गरेको शेखर समूहको आरोप छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्दैछ । 

आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएको एक नेताले बताए । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताए । 

देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती नेताको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us