मदन दुलाल ।
ढुँगो बोल्दैन,माटो बोल्दैन चिहान बोल्दैन
लाटा सिधा मर्या मरै छन बिधान बोल्दैन-
तिमी हुँदा साथमा मनै चंगा भाको थियो
तिम्रो अभाव छ प्रिये रातमा सिरान बोल्दैन-
चुपचाप आउँछ चुपचाप गर्छ सबै बिगार्छ
म आउंदैछु तिम्रो शहर तुफान बोल्दैन-
बलवानले बलहिनलाई मारी सक्दा पनि
मै हुँ भन्ने माथी बस्ने भगवान बोल्दैन-
शरिर जोत्छ पसिना रोप्छ र श्रम फलाउछ
आँफु मरि अरू बचाउछ तर किसान बोल्दैन
जिवनको अंक गणित यति साह्रो कठिन हुँदा
समस्याको निदान हेतु ज्ञान बोल्दैन बिज्ञान बोल्दैन !