गणपुरक संख्या नपुगेपछि ३१ साउनसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं। गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि ३१ साउनसम्मका लागि बैठक स्थगित गरिएको हो।

गणपुरक संख्या ६९ हुनुपर्नेमा ६७ पुगेकाले बैठक साउन ३१ गते मंगलबार बिहान ११ सम्मका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनु भयो।

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । सांसद प्रेम सुवालले गणपुरक संख्या नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । लगत्तै सभामुख सापकोटाले गणपुरक संख्या ६९ हुनुपर्नेमा ६७ भएकाले बैठक साउन ३१ गते मंगलबार बिहान ११ सम्म स्थगित भएको जानकारी दिनुभयो। विधेयक पारित गर्न गणपुरक संख्या नपुगेपछि प्रस्तावित कार्यसूची सूचीबाट हटाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *