अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते 

बुटवल । रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन्। ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

आइतबार राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि उक्त समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो । 

मोटरसाइकलमा आएको तीन जनाको एक समूहले उनीमाथि गोली प्रहार गरेको थियो। गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us