एडीबीको ऋण सहयोगमा ओखलढुंगामा ५ वटा सरकारी कार्यालय भवन निर्माण सम्पन्न

ओखलढुंगा । एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा जिल्लामा ५ वटा सरकारी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । जिल्ला स्थित जिल्ला भूसंरक्षण कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, राष्ट्रिय अनुसन्धान, जिल्ला पशु सेवा र जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगा मार्फत निर्माण ब्यवसायी लुम्बिनी विल्डर्स डाँफे जेभीले ठेक्का प्रक्रियाबाट सदरमुकाममा भवन निर्माण सम्पन्न गरेको छ । सम्झौता मितिले झन्डै २ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने भनिएपनि निर्माण ब्यवसायीले विभिन्न बाहनामा म्याद थप गर्दै हालै मात्र निर्माण सकेको हो ।

तत्कालिन पुनर्निमाण प्राधिकरण खारेज भएपछि पुननिर्माणको काम सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत भैरहेको छ । नव निर्मित सरकारी भवनहरुको आज बुधबार एक कार्यक्रमकाबिच सम्बन्धित कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई हस्ताणतरण समेत गरिएको छ ।

५ वटै भवन झन्डै १८ करोड ५४ लाखको लागतमा निर्माण सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख तुल्सीराम खर्बुजाले बताउनुभयो । उहाँका अनुशार तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि निर्माण ब्यवसायीलाई १२ लाख रुपैयाँ जरिवाना समेत गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us