रामेछाप । जबर्जस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली १ बसोवास गर्दै आएका दैलेख चामुण्ड स्थायी घर भएका रुकुम बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
मन्थलीस्थित बाख्रा फर्ममा काम गर्दै आएका ३७ वर्षीय बुढाले स्थानीय एक महिलालाई सोमबार अपराह्न चिया पिउने प्रस्ताव गरी फर्मभित्र लगेको र जबर्जस्ती करणी गरी कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पीडित महिलाको जाहेरीपछि बुढालाई मन्थली १ कै भैंसेश्वरबाट मंगलबार साँझ पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको छ । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जनाएका छन् ।