यथास्थितीमै नागरिकता विधेयक पारित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ। बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाउनुभएको थियो । सो सम्बन्धी पत्र मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा पेश समेत भएको छ । 

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु उहाँको संवैधानिक अधिकार भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । अब फेरि संसदमा नागरिकता विधेयक पेश गरेर प्रक्रिया पूरा गरी प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सहमति भएको उहाँले जानकारी गराउनुभयो । 

यस्तै सत्ता गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय पनि गरेको  । 

यसबारे कानूनमन्त्रीले सबैसँग छलफल गरिरहनुभएको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *