नेप्सेमा गिरावट

काठमाडौं । सोमबार ५५.८८ अंक बढेको सेयर बजारको परिसूचक नेप्से मंगलबार फेरि घटेको छ । त्यसअघि ५ दिन लगातार घटेको बजार सोमबार बढेको थियो ।  आज मंगलबार नेप्से २४.८३ अंक घटेको छ । सो अंकको कमीपछि २०४१ अंकमा अडिएको छ ।

नेप्से घट्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएकोमा मंगलबार २ अर्ब ७३ करोडको कारोबार भयो । सेयर बजारका सबै सूचक घटेका छन् । बैंकिङ ३, विकास बैंक १०१, फाइनान्स ४७, होटल तथा पर्यटन २४, जलविद्युत् ७९, जीवन बीमा ८६, उत्पादन ९८, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १४२, अन्य १० र ब्यापार उपसमूह ३८ अंक घटे ।

कुल १२ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो भने ४ को स्थिर रह्यो । अपर हेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभरको मूल्य सबैभन्द धेरै ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *