पूर्वमन्त्री झाँक्रीद्वारा गुल्मी-बागलुङ खण्ड सडक कालोपत्रेका लागि विशेष पहल

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीले सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची-गुल्मी-बागलुङ खण्डको सडक कालोपत्रे गर्न विशेष पहल शुरू गर्नुभएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीसँग सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची-गुल्मी-बागलुङ खण्डको सडक कालोपत्र गर्नका लागि तत्काल बजेट निकासा गरेर काम अघि बढाउन आग्रह गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *