कार्यदलले आज सिट बाँडफाँटको खाका प्रस्तुत गर्ने

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलले आज सिट बाँडफाँटको आधारका खाका प्रस्तुत गर्ने तयारी गरेको छ।

आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने कार्यदल बैठकमा संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँट आधारका खाका प्रस्तुत गर्ने तयारी भएको एक नेताले बताए । 

गत वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलहरूको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँट आधारका खाका प्रस्तुत गर्ने सिटौलाको तयारी छ ।

गत साउन २० मा सत्त गठबन्धनका ५ दलले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे टुंगो गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए।

कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिटोभन्दा छिटो प्रतिवेदन दिन निर्देशन दिइसकेको छ। कार्यदलले प्रतिवेदन दिएपछि विवाद देखिए शीर्ष नेताको बैठकबाट हल गर्ने सहमति भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us