काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बिहीबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बेलुकी ४ बजे बस्नेगरी बैठक स्थगित भएको हो।
प्रचण्ड सचिवालयका अनुसार आज बस्ने स्थायी कमिटी बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने छ।
माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी चुनिन सकेको छैन् भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन्।
मुख्यगरी, महासचिव कसलाई बनाउने भन्ने निर्णय लिन नसक्दा पदाधिकारी चयनको विषय सकस बन्दै गएको थियो।
माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ।