आज राजर्षि जनक कप फुटवलको अन्तिम क्वार्टरफाइन हुने

सर्लाही ।  चैत्र २ बाट शुरु भएकाे मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशिको छैटौँ राजर्षि जनक कप अन्तर्गतको क्वार्टरफाइन खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रबीच प्रतिस्पर्धा हुँदै छ ।

बुधबार बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने अन्तिम क्वार्टरफाइनल खेलमा दुई टोली भिड्न लागेका हुन् । आज उपाधि होडका लागि दुवै टोली खेल जित्नैपर्ने दबाबमा रहनेछन् ।

यही चैत १३  गते फाइनल हुने खेलका विजेताले राजर्षि जनक कप १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय, सिल्ड र मेडल प्राप्त गर्नेछन् ।

यस खेलको विजेताले चैत ११ गते हुने प्रतियोगिताको सेमिफाइनल खेलमा सुदूरपश्चिम– ११, धनगढीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसैबीच सेमिफाइनल खेलका लागि यसअघि नै डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटौँडा, सुदूरपश्चिम–११, धनगढी, आयोजक बागमती युवा क्लबले अन्तिम चारको यात्रा तय गरिसकेका छन् ।

यस क्वार्टरफाइनल खेलका लागि मच्छिन्द्रले एक खेल बाई पाएर सीधै स्थान सुरक्षित गरेको थियो भने पाहुना टोली क्यामरुनले सशस्त्र प्रहरीको एपिएफ एफसीलाई पराजित गर्दै मच्छिन्द्रसगँको भेट पक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us