यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखा परेपछि सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखा परेपछि सेवा बन्द गरिएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार आज अपरान्ह ५ बजेदेखि सेवा बन्द गर्ने निर्णय गरिएको छ। सर्भरहरूमा देखिएको समस्या समाधान भएपछि मात्रै यातायात कार्यालयहरूले सेवा दिन सुरू गर्ने उहाँको भनाई छ ।

यसबाट सेवाग्राहीलाई परेको असुविधाप्रति कार्यालयले क्षमा मागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us