तानसेनका पूर्वमेयर र उपमेयर सहित दर्जनौँ कार्यकर्ता एमाले परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमाले तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहित दर्जनौ नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कम्युनिष्ट आन्दोलनको रक्षाका लागि भन्दै तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहितले पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टी परित्याग गर्नेमा तानसेनका पूर्वमेयर अशोककुमार शाही, पूर्वउपमेयर लक्ष्मीदेवी पाठक, नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, विनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, विनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे लगायत रहेका छन् ।

एमालेमा ओली प्रवृत्ति मौलाउँदै जाँदा त्यहाँ बस्ने वातावरण नदेखिएको भन्दै उनीहरुले एकीकृत समाजवादी रोजेको बताएका छन् । साथै, एमालेमा दोहरो मापदण्ड अपनाइएका कारण पुराना इमान्दार र योग्य कार्यकर्ता पार्टीको मूलधारबाट अलग हुँदै जाने बाध्यात्मक अवस्था आएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us