उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा तीज विशेष कार्यक्रम र सपथ ग्रहण भब्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी उपत्यका युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुद्धनगर स्थित ख्याति प्राप्त कलाकारहरुको साथमा भएको तीज बिशेष कार्यक्रममा ४०० भन्दा धेरै कार्यकर्तालाई पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले संगठित सदस्यता प्रदान गरि सपथ ग्रहण गराएका थिए ।

उक्त कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष जयन्ती राई, महासचिव डा.बेदुराम भुसाल, उपमहासचिव डा. बिजय पौडेल, पार्टी स्थायी कमिटी, केन्द्रिय कमिटी, युवा संघ नेपाल, अनेरास्ववियु लगायत अन्य जनवर्गीय संगठनका नेताहरुको विशेष उपस्थितिमा सपथ सहित तीज विशेष कार्यक्रम सम्पन्न भएको युवा विशेष जिल्ला कमिटीका उपसचिव राजेन्द्र तिमल्सेनाले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले पछिल्लो समय निर्वाचन लक्षित बैठक र कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us