स्वर्गीय गिरिप्रति अध्यक्ष नेपालद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीरमा पुष्पमाला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

अन्त्येष्टी अघि कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्ष नेपालले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । साथै उहाँले परिवारजनका सदस्यप्रति समवेदना प्रकट गर्दै नेता गिरिको निधनले देशलाई अपूरणीय क्षति पुगेको समेत बताउनुृभएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लगायतका थुप्रै नेताहरु श्रद्धाञ्जली अर्पण गरेको थिए ।

गिरीको शनिवार राति उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । उहाँ एक महिनाअघि घाटीको क्यान्सर र निमोनिया भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो । त्यसअघि उहाँले भारतका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार समेत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us