संसद् बैठक आज बस्दै: शोक प्रस्ताव पारित गर्ने

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  हिजो बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरि बोलाएको बैठक सांसद तथा काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण आजका लागि सारिएको थियो ।

आज दिउँसो १ बजे बस्ने आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । आजको बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us