काठमाडौं। प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठकमा नेपाली कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।
शोक प्रस्ताव पारित भएलगतै सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित भएको घोषणा गर्नुभयो । बैठकले गिरीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। ७५ वर्षीय गिरीको उपचारका क्रममा शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।त्यस्तै, राष्ट्रियसभाको बैठक भदौ १२ गते अपरान्ह १ बजे बस्ने गरी स्थगित भएको छ ।