माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना न्यून छ: झलनाथ खनाल

गुल्मी । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा बामपन्थी एकता आवश्यक रहेको बताउनुभएकाे छ ।

सोमबार गुल्मी सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले जनवादी र समाजवादी क्रान्तिको कालखण्डमा पनि बामपन्थी शक्तिहरुको एकता नै आवश्यक रहेको बताउनुभयाे ।

‘मैले हिजाे पनि बामपन्थी एकताको पक्षमा बोल्दै आएको थिएँ ।’ नेता खनालले भन्नुभयाे, ‘एकताका लागि ठूला भनिने दल र तिनका नेताहरुले चाहार्नुपर्छ।’

तर अहिले ठुला भनिने कम्युनिष्ट पार्टीहरुले बामपन्थी एकता नचाहेका कारण तत्काल एकता हुने सम्भावना नभएको उनले बताउनुभयाे । माओवादी केन्द्रसँग पार्टी एकताको चर्चा चलेको सम्बन्धमा नेता खनालले नेकपा एकिकृत समाजवादी र माओवादीको बीचमा वैचारिक निकटता देखिएपनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताउनुभयाे।

‘पार्टीहरुको बीचमा वैचारिक, राजनीतिक, सैद्धान्तिक र लक्ष्यहरुका बीचमा एक रुपता भयो भने दुई वा दुईभन्दा बढी पार्टीहरु एक हुनसक्छन् ।’ उहाँले भन्नुभयाे, ‘तर निर्वाचन अगाडि कुनै पार्टीसँग एकता हुने सम्भावना भने कम छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *