आज नेप्सेमा २६३० अंकको गिरावट

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६३० अंकमा झरेको छ । अघिल्लो दिन २६५० अंकमा पुगेको परिसूचक बुधबार २०।३४ अंकले झरेको हो । कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । ३० कम्पनीको मूल्य बढ्यो भने १५६ को घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

बैंकिङ ९, विकास बैंक ५३, फाइनान्स ३४, होटल तथा पर्यटन १९, जलविद्युत ३६, जीवन बीमा १२८, उत्पादन ७०, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ७८ र अन्य उपसमूह २९ अंकले घटे । व्यापार उपसमूह भने १२ अंक बढ्यो । राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढ्यो ।

राष्ट्रउत्थानको मूल्य प्रतिकित्ता ७४५ र इमर्जिङको ६९१.६० पुगेको छ । बुद्धभूमि हाइड्रोको मूल्य ३.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रो, टेलिकम र अपी पावर क्रमश: अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us