चुनावपछि एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएको छ ।  पाल्पामा सोमबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कार्यगत एकता गरेर एकीकृत समाजवादी र माओवादी निर्वाचनमा जाने बताउनुभएको हो । उहाँले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने बताउनुभयो । 

नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको उहाँको भनाइ थियो।

नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उहाँले आवश्यकता औंल्याउनुभयो । 

मंसिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उहाँको भनाइ थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *