आगामी चुनाव कलम चिन्हबाटै लड्छौँ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीकै चुनाव चिन्हबाट लड्ने प्रष्ट पार्नुभएको छ । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग अन्य कुरामा एकता भए पनि निर्वाचन भने पार्टीको चुनाव चिन्ह कलमबाटै लड्ने बताउनुभएको हो । उहाँले  माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी मात्र भएको जानकारी दिनुभयो । 

अध्यक्ष नेपालले पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने बताउनुभयो । तर चुनावपछि भने माओवादी केन्द्रसँग एकता अघि बढ्ने उहाँको भनाइ थियो । त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको पनि नेता नेपालले जानकारी दिनुभयो ।  दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी बनेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *