काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई १० भदौं देखि १२ भदौसम्म निवेदन पेश गर्न आह्वान गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
आगमी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो । आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।