पल शाहको मुद्दामा आज नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदै

काठमाडौं। बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको नयाँ पेशी तोकिएको छ । नवलपुर जिल्ला अदालतमा आज यो मुद्दामा सुनुवाइ हुँदैछ ।

अदालतको वेबसाइट अनुसार नेपाल सरकार वादी र शाह प्रतिवादी रहेको यो मुद्दा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानून व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छाड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्नेछ ।

पल यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए । यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us