काठमाडौं। बाग्लुङको तारा खोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिने भएको छ ।
ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाँझिदै गएको र उत्पादन घटर्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो । यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।