काठमाडौं मलका अवैध संरचनाहरू डोजर लगाएर भत्काउन शुरू

काठमाडौं । काठमाडौं महानगरपलिकाले सुन्धरास्थित काठमाडौं मलले सडकपेटी अतिक्रमण गरी बनाएका नक्साविनाका अवैध संरचनाहरू डोजर लगाएर भत्काउन शुरू गरेको छ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र शाह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुग्नुभएको छ ।मलले सडकपेटी मास्ने गरी बनाएका संरचना र नक्साविनाका भवनहरू भत्काइएको महानगरका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाह​ले बताउनुभयो ।

महानगरले पछिल्लो समय अनाधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउने कार्यलाई तीव्रता दिइरहेको र यो पनि त्यस्तैको निरन्तरता भएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us