कपिलवस्तुमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

कपिलवस्तु । कोरोना संक्रमणको तेस्रो लहर क्रमश: घट्दै जान थालेपछि लामो समय थला परेको बुद्धस्थल कपिलवस्तुका तिलौराकोट लगायतका स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

कोरोना संक्रमणको तेस्रो लहरमा कमी आउँदै गरेपछि सरकारले विगतमा मानिसको आवतजावतमा रोक लगाएकोमा हाल आएर खुल्ला गरेसँगै कपिलवस्तुका बुद्धसँग सम्वन्धीत स्थलमा चहलपहल बढेको हो । गौतम बुद्ध विमानस्थलमा अन्तरार्ष्ट्रिय उडान शुरु हुने तयारी भएसँगै आगामी दिनमा बुद्धस्थलमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा लुम्बिनी विकास कोषले गरेको छ । 

कपिलवस्तुका बुद्धस्थलमा हाल आएर नेपालका अतिरिक्त भारतका गरी दैनिक २ सयको हाराहारीमा पर्यटक आएका छन्भने सार्क राष्ट्र तथा तेस्रो मुलुकका नागरिकलाई पुर्णता खुल्ला भैसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us