काठमाडौं। आज बुधबार सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९५ हजार ३ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
तेजावी सुनमा पनि तीन सय रूपैयाँले वृद्धि भएर बुधबार ९४ हजार ८ सय कायम भएको छ। यस्तै, बुधबार चाँदीमा प्रतितोला पाँच रूपैयाँ वृद्धि भएर तोलाको ९ सय ९९ रूपैयाँ कायम भएको छ।