सामसङका टेलिभिजनहरू अब नेपालमा नै उत्पादन हुने

काठमाडौं। अब सामसङका टेलिभिजनहरू नेपालमा नै उत्पादन हुने भएको छ । गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले नेपालमा सामसङको टिभी उत्पादनको एसेम्बलिङ उद्योग सञ्चालन गर्ने भएको हो । कम्पनीले ३२ इन्चदेखि ८५ इन्चसम्मको सामसङका टिभी नेपालमा नै उत्पादन गर्नेछ ।

यसका लागि नवलपरासीको भुमहीमा फ्याक्ट्री खोलिने छ । आज एक कार्यक्रमका बीच सो फ्याक्ट्रीको शिलान्यास गरिएको छ । सो अवसरमा गोल्छा अर्गनाइजेसनका सञ्चालक शेखर गोल्छाले अर्को वर्षदेखि सञ्चालनमा आउने फ्याक्ट्रीबाट प्रतिदिन एक हजार टिभी उत्पादन हुने र दुई वर्षभित्र ५०० बढीलाई रोजगारी दिइने बताए । फ्याक्ट्रीका लागि कम्पनीले करिब ५० करोड रुपैयाँको लगानीमा पूर्वाधार तयार पारिरहेको समेत उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us