काठमाडौं । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा नेकपा एस काठमाडौ ले क्षेत्र नम्बर ७ प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गरेको छ । नेकपा एस काठमाडौंको आज बसेको बैठकले क्षेत्र नम्बर ७ प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
नेकपा एसले क्षेत्र नम्बर ७ प्रतिनिधिसभाको लागी प्रत्यक्षतर्फ बागमती प्रदेशका खानेपानी तथा उर्जा मन्त्री समेत रहेका बसन्त मानन्धरको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ संविधान सभा सदस्य प्रभा बच्रचार्यको नाम सिफारिस गरेको छ । त्यस्तै नेकपा एसले काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश सभा सदस्य (क) को लागी प्रत्यक्षतर्फ राजेन्द्र भण्डारी , नारायण गमालको नाम सिफारिस गरिएको नेकपा एस प्रदेश कमिटी सदस्य फुर्वा तामाङले बताएका छन् ।
यस्तै, नेकपा एसले काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश सभा सदस्य (ख) प्रत्यक्षतर्फ युवा संघका सचिब तथा बागमती अध्यक्ष फुर्वा तामाङको एकल नाम सिफारिस भएको छ। दुबै प्रदेश सभाको समानुपातिक तर्फ पार्टीको माथी कमिटीले टुंगाउने भएको छ । गठबन्दनका दलहरु बीच छलफल चलिरहेको र तालमेल भए केन्द्र र एक प्रदेश अनिवार्य पाउनुपर्ने दावी रहेको लामाले बताए ।