युक्रेनले मनायो ३१ औँ स्वतन्त्रता दिवस

काठमाडौं। सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएकोे सम्झनामा २४ अगष्टलाई युक्रेनले हरेक वर्ष स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ । रुसी हमलाबीच युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाएको हो ।

स्वतन्त्र दिवसकै दिन रुसी सेनाले युक्रेनको एउटा यात्रुबहाक रेलमा मिसाइल हमला गरेको छ । नीपर नदीबाट करिब ६० माईल पूर्वमा रहेको चापलिन सहरमा रहेको यात्रुवाहक रेलमा रुसी रकेट प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

स्वतन्त्रता दिवस मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारण नागरिकहरूलाई घरबाहिर निस्कन र जमघट गर्न प्रतिबन्ध लगाएका थिए । यसैबीच, मस्कोले किभमाथि हमला गरेको ६ महिना पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *