आज नेपाल केन्यासँग पहिलो पटक टी २०क्रिकेट खेल्दै

काठमाडौं। पाँच टी २० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार घरेलु टोलीसँग पहिलो टी २० अन्तराष्ट्रियमा खेल खेल्दै छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ । भिषा समयमै नआउदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन ।

दोस्रो टी–२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी २० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एकदिवसीय खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us