काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशमा दुई सिट वृद्धि गर्ने प्रक्षेपण गरिएको छ ।
काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा रिपोर्टिङ प्रस्तुत गर्दै कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २९ स्थानीय तह जित्ने दाबी गरे । तर, एमाले एक्लै लड्नुपर्नेमा उनले जोड दिए ।
यसअघि, ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २९ सिट जितेको थियो । अध्यक्ष शाहले गठनबन्धन गरेर गए १५ स्थानीय तह जित्ने बताए । कर्णाली प्रदेशमा ७९ स्थानीय तह छन् ।