काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतम आगामी मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका छन् ।
बिहीवार बसेको अर्घाखाँची जिल्ला कमिटीको बैठकले नेता गौतमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको हो । उनी महेन्द्ररत्न क्याम्पस, ताहाचलको स्ववियु सभापति बनेर कुशलतापूर्वक नेतृत्व गरेका गौतम हाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख स्वकीय सचिव समेत रहेका छन ।
शान्त र सरल स्वभावका गौतम सबैलाई रिझाउन सक्ने क्षमताका कुशल व्यवस्थापक समेत मानिन्छन् । स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गौतमले पार्टी भित्र स्वच्छ र इमान्दार नेताका छवि बनाएका छन् भने भूगोलका नागरिकले पनि उनलाई कुशल उम्मेद्वारमा रुपमा बुझेको देखिन्छ ।