काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।
ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ । राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्ने तर पार्किङका लागि गल्लीको भर पर्नुपर्ने भएपछि महानगरले चासो दिएको हो।
पार्किङ प्रयोजनको लागि नक्सा पास भएको क्षेत्र अन्यमा प्रयोग गर्नु अवैधानिक भएकाले पहिलो पटक हटाउनका लागि महानगरले चेतावनी दिएको छ।