काठमाडौं। सेयर बजार परिसूचक नेप्से शुक्रबार दोहोरो अंक १६.९३ ले घटेर २०२२.६२ प्रतिशतमा झरेको छ । साताको अन्तिम दिन शुक्रबार १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार २१३ कम्पनीको २७ हजार १२० वटा कारोबारबाट ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । यस दिन लाइफ इन्स्यारेन्स कर्पोरेसनको मूल्य सबैभन्दा धेरै ५।९५ प्रतिशतले बढ्यो । अपर हेवाखोला हाइड्रो, एनआईसी ग्रोथ फण्ड, मल्टिप्रपोज फाइनान्स कम्पनीसहितका कम्पनीको मुख्य समेत बढेको छ । शुक्रबार पञ्चकन्या माइहाइड्रो, कालिका पावर, ग्रीन डेभलपमेन्टसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले घटेको छ ।