सजग

देवराज कार्की”मिलन”
मृत्यु भयले संसार
एकोहोरो भएर
आज रोइ रहेछ
जताततै चीत्कार
आर्तनाद पोखिदैछ
मुस्कान हरायो ओठमा
आशाहरु मरे मस्तिष्कमा ।
बिश्वयुद्ध जस्तो भयावह
अवस्था सृजना भएर
छटपटाइ रहेछ युग
तर नाफाखोरहरु
उपभोग्य बस्तु लुकाएर
नाफा कमाउन मस्त छन्
खंडहरमा ।
हुल्लडबाज र अनैतिकहरु
कुप्रचार गरेर समाजमा
सन्तुष्टि लिदैछ्न् भट्टी पसलमा
के थाहा तिनिहरुलाइ
उनिहरु पनि अजम्बरी होइनन्
त्यो महामारीले
तिनैलाइ पनि
छिटै लादैछ नर्कमा।
सजग हुनु सबै मान्छे
कर्तव्यबोध होस् जनमा
सहयोग होस् प्रतेक संग
चेतना बाडियोस् जम्मै
नजर अन्दाज नगरौ
हामी आफै बसौ सुरक्षीत
मिल्छ अभयदान हामी आफैलाइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us