डोटीमा ट्रायल सेन्टरको उद्घाटन, अब सवारी चालक अनुमतिपत्र जिल्लाबाटै पाइने

डोटी । जिल्लामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ। यातायात व्यवस्था कार्यालय डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार प्रयोगात्मक परीक्षा (ट्रायल) को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।

अबदेखि डोटीबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सकिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकलाई यो भन्दा पहिला लाइसेन्स लिन तराईका जिल्ला कैलाली र कञ्चनपुर जानुपर्ने बाध्यता थियो । डोटीसँगै डडेल्धुरामा पनि प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ। पहाडी दुई जिल्लामा प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएपछि पहाडका ७ जिल्लाका नागरिक लाभान्वित हुने भएका छन् । ट्रायल सेन्टरको उद्घाटन पछि लाइसेन्सको लिखित परीक्षा दिएकाहरूले आज नै प्रयोगात्मक परीक्षा (ट्रायल) गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us