सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा बाँसबारी क्लब विजयी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा बाँसबारी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बाँसबारीले श्री भगवती क्लबमाथि २/१ को जित हात पारेको हो ।

बाँसबारीको जितमा राजेश पौडेल र विकी राईले १/१ गोल गर्दा श्री भगवतीका दामोदर थापा क्षेत्रीको नाममा १ गोल रह्यो ।

खेलको ५२ औं मिनेटमा राजेशले बाँसबारीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दामोदरले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us