बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना अघि बढ्छ: पम्फा भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउने बताउनुभएको छ ।

आईतवार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताउनुभयो । मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा,पुरबास लगायतको काम करिव सकिन लागेको बताउनुभयो ।

उहाँले नेपालमा वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदा कम हुने भएकाले ६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । मन्त्री भुसालले मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बुढीगण्डकी पनि पर्ने बताउनुभयो ।

मन्त्री भुसालले आयोजनाको जयित विद्युत क्षमता ८५.४ प्रतिशत बढाउनको लागि सरकारले विद्युत उत्पादकहरुलाई क्यू निःशुक गरेको बताउनु भयो । उहाँले अहिले नेपालको विद्युत उत्पादन ८३ हजार भनेपनि आर्थिक रुपमा ४३ हिसाव गरिएको बताउनु भयो । मन्त्री भुसालले सरकारको तथ्याङ्कमा ६ हजार ५ सय पीपीए भएको देखिएपनि १५ सय कसैको झोला रहेको बताउनु भयो ।

उहाँले १५ सय मेगावट विद्युत कसको झोलामा रहेको छ राज्यको स्रोत भएकाले सरकारले अनुसन्धान गर्ने बताउनुभयो । मन्त्री भूसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनु भयो । उहाँले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले मुलुकमा लोडसेडिङको अन्त्य र विदेशमा विद्युत निर्यात गर्न सरकार सफल भएको दाबी गर्नुभयो ।

मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत उपलब्धि हासिल गरेको बताउनु भयो । गत आवमा विद्युत उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत उत्पादन क्षमता २२६९ मेगावाट पुगेको छ । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको बताउनुभएको छ । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको पनि बताउनुभएको छ ।

मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताउनुभयो । विद्युत आधारभुत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँ सम्म महसुल कायम गरिएको जानकारी दिनुभएको छ ।

समग्र विद्युत महशुल दर घटाइएका कारण गार्हस्थ्यतर्फको विद्युत खपत वृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको पनि उहाँले जानकारी दिनुभयो । देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको भन्दै उहाँले ‘स्वदेशी विद्युत जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको मन्त्री भुसालले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us