काठमाडौं । नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधिसभा सदस्यकाे एकल उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएकाे छ ।
शाहीकाे उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएकाे छ । त्यस्तै जिल्ला कमिटीकाे विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मत बहादुर शाही, जिल्ला पाटी सचिव पुर बहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्म बहादुर शाहीलाई सिफारिस गरेकाे छ भने प्रदेश (ख) का लागि पाटिका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवि साउद खड्कालाई सिफारी गरिएकाे छ ।
संघिय समानुपातिक तर्फ काँशि नेपाली ,दावा गुरूङ् भाेटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरिएकाे छ । त्यस्तै प्रदेश समानुपातिक तर्फ अमृता रावल बाेहाेरा र सतल कामी विकलाई सिफारीस गरेकाे छ । बैठक नेकपा एकीकृत समाजबादि बाजुराका अध्यक्ष गगन रावलकाे अध्यक्षतामा बसेकाे थियोे ।
बैठकले स्थानिय चुनावकाे समिक्षा र कार्यान्वयन आगामि मंसिर ४ गते हुने प्रदेश र संघकाे चुनावकाे तयारी, उम्मेद्वार सिफारीस लगाएतका विभिन्न निर्णय गरेकाे छ । जिल्ला अध्यक्ष रावलकाे अध्यक्षतामा सञ्चालन भएकाे बैठकमा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य हिक्मत बहादुर शाही प्रमुख अतिथि साथै पाटीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीको विशेष अतिथिमा भएकाे थियाे ।
बैठकमा केन्द्रिय परिसद सदस्य काँशी नेपाली, प्रदेश कमिटी नबराज जैशी र किट्टाे लुवार पाटी सचिव पुर्ण बहादुर रावत उपचिव नीर बहादुर शाही लगाएत नेता अतिथि रहनुभएकाे सचिवालय सदस्य धर्म शाहिले बताए ।