पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ। पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन्। यस अवधिमा काेराेनाका कारण कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *