विद्युत आयोजना बिग्रिएपछि डोल्पाका बासिन्दा २५ दिनदेखि अँध्यारोमै

डोल्पा । विद्युत आयोजना बिग्रिएपछि जिल्ला सदरमुकाम दुनैका बासिन्दा २५ दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् । स्थानीय स्तरमा उत्पादित विद्युत आयोजना जैरीगाड जलविद्युतमा समस्या आएपछि दुनै र आसपासका उपभोक्ताले बत्ती बाल्न पाएका छैनन् ।
विद्युत आयोजना बिग्रिएपछि जिल्ला सदरमुकाम दुनैका बासिन्दा २५ दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् । स्थानीय स्तरमा उत्पादित विद्युत आयोजना जैरीगाड जलविद्युतमा समस्या आएपछि दुनै र आसपासका उपभोक्ताले बत्ती बाल्न पाएका छैनन् । दुनैस्थित प्राधिकरणको वितरण केन्द्रले भने ओभर लोड बिजुली प्रयोग भएका कारण विद्युत आयोजनामा खराबी आएको जनाएको छ ।

वितरण केन्द्रका एक जना कर्मचारी जितकुमार सिङले थोरै विद्युतले धेरै उपभोक्तामा सेवा पुर्‍याइरहेका बेला ओभर लोड भएपछि समस्या आएको बताए । तर मेसिनमा देखिएको खराबी समाधान गर्ने प्रयास भइरहेको उनले बताए ।
जसकारण सर्वसाधारणदेखि व्यवसायी, उद्योगी तथा सरकारी र गैरसरकारी कार्यालयको नियमित कामकाज पनि प्रभावित बनेको छ । २ सय किलोवाट विद्युत उत्पादन क्षमताको उक्त विद्युत आयोजनाबाट १ हजार ६ सय परिवार लाभान्वित थिए ।

तर विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ताहरू दैनिकी प्रभावित भएको गुनासो गर्न थालेका छन् । ठूलीभेरी नगरपालिका–२ की विमल रोकाय भन्छिन्, ‘झण्डै एक महिनादेखि बिजुली बलेको छैन । बिजुली अभावमा नियमित गतिविधि सजिलै भइरहेका छैनन् ।’ नेपाल विद्युत प्राधिरकणरले निर्माण गरेको यो विद्युत आयोजनाको सम्पूर्ण सञ्चालन पनि विद्युत प्राधिकरणले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us