काठमाडौं । युवा संघ नेपालले भाद्र १५ देखि २३ गते सम्म महाकाली देखि मेची अभियान गर्ने भएको छ । संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले एक बिज्ञप्ती जारी गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्दै स्थायित्व, विकास र अग्रगमनको आशा जगाउने, जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध जेहाद छेडने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि युवा संघ, नेपालले अभियान संचालन गर्ने उल्लेख गरेका छन् ।
निर्वाचनलाई लक्षित गरि २०७९ मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको आम निर्वाचनमा खर्चिलो निर्वाचन प्रचारको विरुद्धमा जनतालाई सचेत र जागरुक पार्ने तथा निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन युवाहरुलाई परिचालन गर्ने उद्धेश्यले संघले “भ्रष्टाचार र अनियमितताको आधार, भडकिलो र खर्चिलो उम्मेदवार बहिस्कार” भन्ने नाराका साथ भोलि पत्रकार सम्मेलन, नेकपा (एस) का अध्यक्ष क.माधव नेपालको उपस्थितिमा १:३० बजे केन्द्रिय पार्टी कार्यलय, आलोकनगरमा गरि अभियानमा प्रस्थान गर्ने भएको छ।