सिट वाँडफाँट कार्यदलको बैठक आज पुनः बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पुनः बस्दैछ । आगमी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । 

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । 

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि, शीर्ष नेताहरुको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *