काठमाडौंमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ को आयोजना हुने

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशा माथि छलफल गर्नका लागि राजधानीमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ आयोजना हुने भएको छ ।
राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको आयोजनामा ११ र १२गते हुन गईरहेको सम्मेलनमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशाका साथै नेपाली अर्थतन्त्रको समसामयिक मुद्धाहरुको बारेमा गहन छलफल हुने संस्थाका अध्यक्ष गंगाबहादुर थापाले बताएका छन् ।
थापाकाअनुसार, चैत्र ११ गते २ बजे देखि ५ बजेसम्म सभागृहमा उद्घाटन समारोहको आयोजना हुने र चैत्र १२ गते विहान ७:३० बजेदेखि पुरा दिन प्राविधिक सत्र हुने छ ।
कार्यक्रममा अर्थमन्त्री, पूर्वप्रधानमन्त्री, योजनाआयोग, नेपाल राष्ट्र बैंक, उद्योग बाणिज्य महासंघ तथा प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु तथा विश्वविद्यालयका पदाधिकारीहरुको समेत सहभागिता रहने छ ।
दशकौं अघिदेखिको न्युनआर्थिक वृद्धि, गरीवी, असमानता, वेरोजगारी, निर्वाहमुखी कृषि, न्युन पुँजीगत खर्च, उच्चमुद्रा स्फिति, उच्चव्यपार घाटा, कमजोर पुर्वाधार तथा औधौगिक आधार, विप्रेषणमुखी अर्थतन्त्र, आयातमुखी राजश्व जस्ता आर्थिक मुद्धाहरुमा बहस गरी समाधान सहित सरकार र प्रमुख राजनैतिक दलहरुलाई कार्यान्वयन गर्न सुझाव दिनु पनि यस सम्मेलनको प्रमुख उद्धेश्य रहेको छ ।
यस सम्मेलनमाअहिलेको अर्थतन्त्रकाजल्दो–बल्दो मुद्धाहरुको विषयमा ९ वटा विषयहरुमा पेपर प्रस्तुत हुने जनाइएको छ ।
सम्मेलनमा समाजवाद उन्मुख समुन्नत अर्थतन्त्र निर्माणका लागि साझा आर्थिक एजेन्डाको बारेमा गोलमेच छलफल समेत हुनेछ । कार्यक्रममा प्रस्तुत पेपर र छलफलका निश्कर्षलाई प्रोसिडिङको रुपमा प्रकाशन गरी विभिन्न निकायहरुमा सुझावको रुपमा पेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us