काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से तथा सबै उपसमूहका सूचक घटेका छन् । परिसूचक नेप्से २१।९७ अंक घटेको छ । सो अंकको कमीपछि १९७३ अंकमा कायम भएको छ ।
दिनभर कुल १ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो । हिजो १ अर्ब १ करोडको कारोबार भएको थियो । कुल १५ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।
बैंकिङ ७, विकास बैंक ६५, फाइनान्स ४०, होटल तथा पर्यटन ३६, जलविद्युत् ४९, जीवन बीमा १३७, उत्पादन ५०, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा ४८, अन्य १६ र ब्यापार उपसमूह २६ अंक घटे । बढेका सबै कम्पनीको मूल्यवृद्धि २ प्रतिशतमुनि रह्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ६।८ प्रतिशत घट्यो ।
नेपाल टेलिकमको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ । पछिल्ला केही दिनयता एक मात्रै सूचीकृत टेलिकम कम्पनीको कारोबार सबैभन्दा उच्च देखिएको छ । बुधबार नेपाल टेलिकमको १० करोड ७ लाख रुपैयाँको सेयर कारोबार हुँदा मूल्य भने प्रतिकित्ता १२।१० रुपैयाँ घटेर ९२७।९० रुपैयाँ कायम भएको छ । त्यस्तै रिडी पावर, राप्ती हाइड्रो, नेस्डो लघुवित्त र शिवम् सिमेन्ट कारोबार रकमका आधारमा क्रमशस् अगाडि रहे ।